बारामा मास्क नलागाउने २३६ जना करवाहिको दयारमा

५ years अगाडी teraibulletin

बारामा मास्क नलागाउने २३६ जना करवाहिको दयारमा

पर्सा २४ असार – बारा जिल्लामा मास्क नलगाई हिँड्डुल गर्ने २३६ जनालाई कारवाही गरिएको छ । मास्क नलगाई हिँडेकोहरुलाई रु १०० का दरले जरिवाना गरि छाडिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।कोरोनाभाइरसको संक्रमणलाई न्युन राख्न मास्क अनिवार्य भएको भन्दै मास्क नलगाउनेलाइ जरिवाना गर्न थालिएको जनाइएको छ ।

कोरोना भाइरसको महामारीको समयमा मास्क प्रयोग नगर्नेलाई नियन्त्रणमा लिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रतिव्यक्ति एक सय जरिवानापश्चात उनीहरूलाई छाडिएको मिश्रले बताएका हुन ।

मास्क नलगाई व्यवसाय सञ्चालन गर्ने व्यापारी, सवारी चलाउने चालक, पैदल हिँडडुल गर्ने पैदल यात्रीहरूलाई केही दिनयता बारा प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमार्फत जरिवाना तिराएर छोड्ने गरेको छ ।

अन्तिम अपडेट २०७७ साल /असाढ़ २४ गते –बुद्धबार 

 

 

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?