पार्स, २४ असार –पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको वडा नं. ५ भिस्वामा स्थानियहरुले सडक मै धान रोपेर बिरोध प्रदर्शन गरेका छन् । मनसुन सुरु भए देखि नै वीरगन्ज भिस्वा जोडने मुख्य सडक हिलाम्य भएर अवरुद्ध पछि बाध्य भएर सडममा धान रोपेको स्थानियहरुले वताएका छन् । सडक मर्मतमा स्थानिय सरकारका अध्यक्ष ,वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले नदिएको स्थानियहरुको गुनासो छ।
पालिकाले निर्माण गरेको नाला पनि सडक भन्दा तीन फिट माथी बनाएको तथा सडकको उच्चाई नबढाइएको वताउँदै पानीको पनि उचित निकास हुन नसकेको स्थानियहरुको भनाई छ ।गाउँमा दुई पाग्रे,चार पांग्रे सवारीका साधन तथा एम्बुलेन्स लगायतको सवारीका सधानहरु समेत छिर्न सक्ने अवस्था नरहेको वताउँदै विगत लामो समय देखि स्थानिय जनताहरु तथा गाउँपालिकाका कर्मचारीहरु समेत वैकल्पिक बाटोको प्रयोग गर्दै आएको स्थानिय युवा अभियन्ता हरिन्द्र कुशवाहाले बताए ।
उनले गाउँपालिकाका जनप्रतिनिधिहरुले जनताको दुःख बुझन नसकेको आरोप लगाएका हुन ।तर छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले सो बाटो बनाउने जिम्मा प्रदेश सरकारको रहेको वताए । उनले बाटो बनाउनका लागि प्रदेश सरकारले ठेक्का समेत गरि सकेको अवस्थामा ठेकेदार कम्पनीको लापरवाहीका कारण गाउँपालिकाका जनताहरुले कष्ट भोग्नु परेको वताएका छन ।
यो कुरा यहाँका जनताले पनि बुझेको वताउदै गुप्ता केहि राजनितिक व्यक्तित्वहरुले बाटोमा धान रोपेर गाउँपालिका निसाना साध्न खाजेको गुप्ताले वताए । उनले बाटो मर्मतको बिषयमा आफुले पनि ठेकेदार कम्पनी तथा प्रदेश सरकारलाई बारम्बार ताकेता गरी रहेको दावी गरे । गाउँपालिका अध्यक्ष गुप्ताले बाटोमा धान रोप्न जनतालाई नआउने वताउँदै यो सब राजनितिक उस्काहट मै भरहेको सबै बुझेको दाबी गरेका हुन । साभार:नेपाल पोष्ट डेली
अन्तिम अपडेट २०७७ साल /असाढ़ २४ गते –बुद्धबार