रौतहटमा एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि

५ years अगाडी teraibulletin

रौतहटमा एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि

रौतहट ११ श्रावन-रौतहटका एक जना वडाध्यक्षमा कोरोना संक्रमण देखिएको छ । जिल्लाको राजदेवी नगरपालिकाको एकजना वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका मेयर धिरेन्द्र सिंहले जानकारी दिनुभयो । संक्रमित वडाध्यक्ष मुटु र मधुमेहको रोगीसमेत भएकाले थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको मेयर सिंहले बताउनुभयो ।

वडाध्यक्षको श्रीमतीको शनिबार करेन्ट लागेर निधन भएको थियो । त्यसक्रममा उहांको श्रीमतीलाई लिएर जिल्ला अस्पताल गौर लगिएको र त्यसबेला सम्पर्कमा आएका व्यक्तिहरुको पनि पहिचान गर्नु पर्ने भएको छ । उहांको अन्तिम संस्कारमा सहभागी भएका एक सयभन्दा बढी व्यक्तिहरुलाई तत्काल परीक्षण गर्नुपर्ने भएको छ ।

वडाअध्यक्षको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्वारेन्टिनमा बस्न भनिएको मेयर सिंहले बताउनु भयो । संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको पहिचानको र स्वाब संकलनको काम सुरु भइसकेको बताइएको छ ।

अन्तिम अपडेट २०७७ साल /श्रावण ११ गते –आइतबार

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?