गिरीको ठाउमा सिटौला निर्वाचित आजै सफथ ग्रहण गर्ने तयारी

५ years अगाडी teraibulletin

गिरीको ठाउमा सिटौला निर्वाचित आजै सफथ ग्रहण गर्ने तयारी

काठमाडौं १३ श्रावन-समाजवादी पार्टीका तर्फबाट सरिता गिरीको ठाउँमा नयाँ सांसद निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगले रिक्त रहेको प्रतिनिधिसभाको सांसद पदमा लीलादेवी सिटौला निर्वाचित भएको घोषणा गरेको हो ।

पार्टीले समानुपातिक पद्धतिअन्तर्गत खस आर्य समूहको रिक्त महिला सदस्यमा उहाँको नामा सिफारिस गरेकाले निर्वाचन आयोगले उहाँलाई निर्वाचित गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँको सपथ आजै गर्ने तयारी छ ।नेपालको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्न संसदमा सरकारले पेश गरेको संशोधन विधेयकमा पार्टीको निर्णय विपरित सो विधेयकको विपक्षमा संसोधन प्रस्ताव दर्ता गराएको तथा मतदानमा भाग नलिएपछि पार्टीले गिरीलाई निष्कासन गरेको थियो ।

अन्तिम अपडेट बी.स २०७७ साल श्रावन १३ गते –मंगलबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?