पर्सामा स्वास्थ्यकर्मीका परिवार सहित ५३ जनामा कोरोना संक्रमण पुष्टि

५ years अगाडी teraibulletin

पर्सामा स्वास्थ्यकर्मीका परिवार सहित ५३ जनामा कोरोना संक्रमण पुष्टि

पर्सा १४ श्रावन-पर्सामा गैराती ५३ जनामा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण पुष्टी भएको छ l बीरगंजस्थित रहेको नारायणी अस्पतालको प्रयोगशालामा बुधबार( हिजो राति ) गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जना बारा र बाँकी सबै पर्साको नै रहेको बताइएको छ ।

उता नारायणी अस्पतालको क्वाटरमा नै बस्ने ११ स्वास्थ्यकर्मिको परिवार समेत कोरोनाबाट ग्रसित भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताउनुभयो ।अस्पतालका दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोरोना देखिएको समेत उहाले बताउनु भयो l ३ वर्षदेखि ६० वर्ष उमेरसमूहका १५ महिलासहित ५३ जना नयाँ संक्रमित थपिएको उहाले बताउदै दुई बालबालिकासमेत संक्रमित भएको बताउनु भयो ।

वीरगन्जस्थित आर्मी ब्यारेकका थप दुई जवानमा कोरोना देखिएको छ । बाराका संक्रमितमध्ये दुई जना जितपुर स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी रहेको उपाध्यले बताउनुं भयो l पर्साको छिपहरमाई गाउँपालिका, टिहुकीका एक र पटेर्वासुगौली–५ का तीन जना संक्रमित छन् । अन्य संक्रमित वीरगन्ज महानगरपालिका–३ छपकैया, मुर्ली, सिर्सिया, पानी ट्यांकी, बिर्ता, रेसमकोठीका रहेका नारायणी अस्पतालले जनाएको छ l

अन्तिम अपडेट बी.स.२०७७ साल /श्रावन-१४ गते –बिहीबार  

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?