पर्सामा कोरोना संक्रमित महिलाले जन्माइन कोरोना मुक्त बच्चा

५ years अगाडी teraibulletin

पर्सामा कोरोना संक्रमित महिलाले जन्माइन कोरोना मुक्त बच्चा

पर्सा १६ श्रावन –वीरगन्ज स्थित कोभिड अस्पतालमा उपचाररत एक कोरो संक्रमित महिलाले आइसोलेसनमै शिशु जन्माएकी छिन्।  कोरोना संक्रमित वीरगन्ज–१ छपकैयाकी ३१ वर्षीया महिलाले शुक्रबार बिहान ४ बजे छोरी जन्माएकी हुन् । आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिनु भयो ।

ती महिलालाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको जानकारी उनी र उनको परिवारलाई थाहा थिएन।  बिहीबार साँझ सुत्केरी ब्यथाले च्यापेपछि सुत्केरी गराउन उनलाई नेशनल मेडिकल कलेजको प्रसूति गृहमा लगेर भर्ना गरिसकिएको थियो ।संक्रमित महिला सुत्केरी गराउनका लागि मेडिकल कलेजमा भर्ना भएको खबर पाएपछि कोभिड अस्पतालका चिकित्सकले राति साँढे एक बजे उनलाई कोभिड अस्पतालमा ल्याएका थिए।

सिंहले भने, बिहान ४ बजेर १० मिनेटमा शिशु जन्मियो, आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य छ।’  नवजात शिशुको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि शुक्रबार बिहान नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको डा सिंहले जानकारी दिनु भयो ।
अन्तिम अपडेट २०७७ साल श्रावन-१६ गते-शुक्रबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?