वीरगञ्ज १६ श्रावन–स्थानीय तहमा जनप्रतिनिधिले कोरोना महामारी नियन्त्रणमा उदासिनता देखापछी स्थानीय युवा मोर्चाले सम्भालेका छन् । पर्साको बिन्दबासिनी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले कोरोना महामारीलाई नियन्त्र गर्न सचेतनामुलक कुनै कार्यक्रम नगरेको भन्दै स्थानीय युवाले स्वयम् जन चेतना अभियान सुरु गर्नु भएको छ ।
राष्ट्रिय विद्यार्थी संघ पर्साका अध्यक्ष मधुसुदन चौरसियाले शुक्रबारदेखि गाउँपालिकाका विभिन्न वडामा कोरोनाभाइरस सङ्क्रमणसँग जोगिन अपनाउँनु पर्ने उपाय र सतर्कता बारे सचेतना फैलाउँने काम गरिरहनु भएको । उहाले गाउँपालिकामा आफ्नो व्यक्तिगत खर्चममा विभिन्न स्थानमा महामारीसँग जोगिने पोस्टर झुण्डयाउनका साथ् स्थानीय भोजपुरी भाषामा सचेतना मुलक संदेश माकिङ्ग गर्न लाग्नु भएको छ ।
जनप्रतिनिधिले स्थानीयवासको स्वास्थ्यबारे कुनै चाँसो नदेखाएपछि आफुले जनचेतना फैलाउँने काम सुरु गरेको नेता चौरसियाले बताउनु भयो । उहाले गाउँपालिकाका विभिन्न वडाहरुमा आफ्नो सङ्गठनका युवाहरु पुगेर जनचेतना फैलाउँने काम गरेको बताउनु भयो । चौरसियाले जनप्रतिनिधिसँग कुनै सकरात्मक कामको अपेक्षा गर्ने नहुने बताउनुभयो ।
जनप्रतिनिधिहरुलाई जनतासँग मतलब नै छैन,हाम्रै मतबाट निर्वाचित भएर गएका उनीहरुले हामीलाई नै बिर्सेका छन्,’नेता चौरसियाले बताउदै,‘अब उहाँहरुलाई कुरेर हुँदैन आफै केहि गर्नुपर्छ भन्नेउदेश्यले आजबाट मैले जनचेतनाको कार्यक्रमहरु सुरु गरेको हुँ बताउनु भयो ।’
चौरसियाले यसअघि आफ्नो व्यक्तिगत खर्चबाट पूरा गाउँपालिकालाई सेनीटाइज गराएका थिए । एक हफ्ता भन्दापनि बढी समय लगाएर उनले आफ्नो उपस्थितिमा गाउँपालिकाको घर-घरमा पुगेर सेनीटाइजेसनको काम गर्नु भएको थिए । नेता चौरसिया बेला-बेलामा समाजमा सरहानीय कार्य गर्दै आउनु भएको छ l
अन्तिम अपडेट बी.स २०७७ साल श्रावन १६ गते –शुक्रबार