कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु:मृतक चारै जना पर्सा जिल्ला कै रहेको पुष्टि

५ years अगाडी teraibulletin

कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु:मृतक चारै जना पर्सा जिल्ला कै रहेको पुष्टि

पर्सा १६ श्रावन- आज नेपालमा थप चार जनाको कोरोना भाइरको संक्रमणको कारण मृत्यु भएको छ l स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रीफिंगको क्रममा आज चार जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको बताएको छ l मृतक चारै जना पर्सा जजिल्ला कै रहेको मन्त्रालयले जनाएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका ११ घर भइ ललितपुरको थसिखेल बस्ने ६५ वर्षीया एक महिलाको शुक्रबार (आज ) पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै  वीरगञ्ज महानगरपालिका ११ का ५६ वर्षीय पुरुषको बिहीबार (गैराती ) ११ बजे मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मुटुको रोगी उहाँको आईसीयू र भेन्टिलेटरमा राखेर गण्डक अस्पतालमा उपचार भइरहेको थियो । उहाँलाई गएको ६ गते कोरोना पुष्टि भएको थियो । यस्तै वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय अर्का पुरुषको बिहीबार राति ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । गएको ५  गते उहाँ अस्पताल भर्ना हुन भएको थियो । उहाँलाई ज्वरो र  श्वासप्रश्वासको समस्या देखिएको थियो ।

वीरगञ्ज महानगरपालिका २ को छपकैयाका ६५ वर्षीय अर्का एक पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । उहाँको निधनपछि कोरोनाको परीक्षण गरिएको थियो । परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ पुगेको छ ।

अन्तिम अपडेट बी.स २०७७ /श्रावन -१६ गते –शुक्रबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?