बीरगंज २४ श्रावण- पर्साको बहुदरमाई नगरपालिकाका मेयरसहित पर्सामा ५५ संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोशालामा शुक्रबार (गैराती) गरिएको परीक्षणमा नगरपालिकाका मेयर नितेन्द्र साह र धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारसहित ८ महिला र ४७ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
जसमध्ये एक जना संक्रमित सर्लाही र ३ जना बाराका बासिन्दा हुन् । ५५ जना संक्रमितमध्ये १० जनामा ज्वरो र खोकीको लक्षण देखिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिनुभयो l
उनका अनुसार मेयर साहले गत साउन २१ मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा परीक्षणका लागि स्वाब दिनु भएको थियो । उक्त विद्यालयमा स्वाब दिएका मेयरसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. उपाध्यायले बताउनु भयो ।
यता नारायणी अस्पतालको प्रयोगशालाका एक स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। आर्मी ब्यारेकका थप एक जवानमा कोरोना देखिएको छ। पर्साको छिपहरमाई गाउँपालिका ५ भिस्वाका दुई जनामा कोरोना पुष्टि भएको डा. उपाध्यायले बताए। अन्य संक्रमित हुनेहरुमा वीरगञ्ज आदर्शनगरका ६, श्रीपुरका ४, मुर्लीका २, नगवाका ४, रेशमकोठीका एक र विर्ताका एक जना रहेका छन् ।
अन्तिम अपडेट मिति /बी.स २०७७ साल श्रावन २४ –शनिबार तस्बीर:-प्रोफाइल