चौतर्फी आलोचना पछि आजदेखि कलैया अस्पतालमा प्रसुती सेवा सुचारु हुँदै

५ years अगाडी teraibulletin

चौतर्फी आलोचना पछि आजदेखि कलैया अस्पतालमा प्रसुती सेवा सुचारु हुँदै

बारा २८ श्रावण – बारा जिल्लाको कलैया स्थित कलैया अस्पतालमा साउन २८ गते बुधबार देखि प्रसुती सेवा सुचारु भएको छ । कलैया अस्पतालमा रहेका ८६ कर्मचारीहरुको साउन २० गते स्वाब संकलन गरि हेडौडाको प्रयोगशालामा पठाइएको र साउन २१ गते रिपोर्ट आउँदा १४ जानाको रिपोर्ट पोजेटिभ आएकोले अस्पतालका सबै सेवा बन्द गरिएको थियो ।

गत साउन २४ गते जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ ईनार्वासिराका एक महिलाले प्रसुती सेवाका लागी भौतारिदै बारानर्सिङ होममा पुगेपनि उक्त प्रसुती महिलालाई समयमा भर्ना नगर्दा उक्त महिलाले नर्सिङ होमको गेटमै एक घण्टाको पर्खाइमा गाडीमा नै छोरी जन्मको दिएकी थिईन ।

सोको चौतर्फी आलोचना भएपछि यस्तो दुखद घटना नदोहरियोस् भनी भोली (२८ गते,बुधबार) सर्वसाधारणहरुको सहजताका लागी कलैया अस्पतालमा प्रसुती सुचारु गर्ने निर्णय भएको मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र मण्डलले जानकारी दिनुभयो ।

अन्तिम मिति बी.२०७७ श्रावण २८- बुद्धबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?