पर्सा २८ श्रावण-सामाजिक अभियन्ता बिजय यादवले अहिले कोरोना महामारीको अवस्थामा खास गरी मधेश केन्द्रित नेताहरू जसले पटक-पटक आफुहरूलाई मधेश संग लभ भएको र मधेशी जनताको लागी जे पनी गर्न सक्ने ठुला-ठुला भाषण दिदै दिनहु सभा गोष्टी गर्ने उक्त नेताहरू खै काहा हराएको भन्दै प्रश्न गर्नु भएको छ l
चुनावमा ठूला-ठूला भाषण गर्दै जनताहरुलाई झूठा सपना बाडेका नेता उपेन्द्र,राजेन्द्र महतो,महन्थ ठाकुर लगायतका मधेश केन्द्रित नेताहरू एका-एका चुप लाग्नु मधेशी जनतालाई धोका दिनु भन्दा बढ़ी केही हुनै नसक्ने सामाजिक अभियन्ता बिजय यादवले ठोकुवा गर्नु भयो l मधेशको नाउमा राजनितिकको खेती गर्ने यी नेताहरू आ-आफ्नो स्वार्थ पुर्तिमा लागेको यादवको भनाई रहेको छ l
हामीलाई जनताले मौक़ा दियो भने समग्र मधेशको कुरा केन्द्र सरकार समक्ष पुर्याउने कुनै कसर बाकी नराख्ने बताउने ती नेताहरूमा अहिले जनताको कुरा नै नसुन्ने मान्सिकता नराखेको सामाजिक अभियन्ता यादवले आरोप लगाउनु भयो l
कोरोनाको कहरले सिंगै मुलुकको अर्थतन्त्रको जग बालियो बनाउने बीरगंज लाथालिंग भएको अवस्थामा समेत यो जिल्लाबाट निर्वाचित भएर संघीय सरकार र प्रदेश सरकारमा बसेका सांसद र बिधायकहरूको कुनै अतोपतो नरहेको बताउनु भयो l झूठो जनबादका खोल ओढ़ेका नेताहरू पर्सालाई खाइकमाई भाडो बनाएको सामाजिक अभियन्ता यादवले बताउदै जनताली गुमराह गर्ने यी नेताहरूको चरितार्थ जनताले अवश्य बुझेको बताउनु भयोl