धनुषा २८ श्रावण – धुनषाको जनकपुरका पूर्वमेयर एवं व्यवसायी कृष्ण गिरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । पूर्वमेयर गिरीको गएराति काठमाडौंको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। उनको उपचारका क्रममा मंगलबार राति १२ बजे मृत्यु भएको परिवारजनले बताएका छन् ।
जनकपुरधाममा होटेल रामा सञ्चालन गरिरहेका उहालाई कोरोना संक्रमण भएपछि १५ दिन अघि काठमाडौं ल्याइएको थियो । ७३ वर्षीय गिरी मुटु रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहालाई एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । नेपाली कांग्रेसका महासमिति सदस्य गिरी २०४२ सालमा जनकपुरको मेयर हुनु भएको थियो । उहांका श्रीमती र दुई छोरा रहेका छन् ।
अन्तिम अपडेट मिति बी.स २०७७ श्रावण -२८ बुधबार