पर्सा २८ श्रावण – मुलुक लोकतन्त्र गणतन्त्र हुदै संघिया संराचनामा गैईसकेको छ,र सिंह दरबार जनताको गाउ-गाउमा आईसकेको सरकारवाला भानिरहेका बेला कोरोनाको धरापमा परेका स्थानीय निमुखा जनताले दरबारको अधिकार उतै राखिएको र मात्र सिंह आएको भनी चित्रण गर्न थालेका छन l कोरोना संक्रमणको प्रकोपबाट बाच्न सरकारले कहिले लकडाउन गर्ने गरेको छ त कहिले ठाउ-ठाउ अनुसार निषेधाज्ञा जारी गर्दा गर्दै करीब आधा बर्ष पुग्नै लागेको छ l यस बिचमा पहिलो चरणको लकडाउनको सुरुमा राहत बाड़ियो त्यसपछि दोस्रो र तेस्रोमा छिटपूट राहतको व्यस्था गर्यो l
लामो समयको बन्दाबन्दीले गरीब मात्र होइन मध्यम किसिमका परिवारलाइ समेत बिजोग भएको छ l यो संक्टापूर्ण अवस्थामा स्थानीय जनप्रतिनिद्धि जनताको पीड़ामा महलम पट्टी लगाउनुको सट्टा राजनितिक भागबन्डा लागेको स्थानीय निमुखा पीड़ित जनताले आक्रोश पोख्दै गुनासो गरेका छन l आफुहरुलाई समस्या भएको र अली राहतको व्यवस्था गर्नु पर्यो भनी भन्न जादा स्थानीय जनप्रतिनिधी तैले मलाई भोट दिएको छस, की म संग राहत मागं आएको भनी कती ठाउमा फर्काएको समाचार सार्वजनिक भएको सर्बबितिदैछ l
संघ सरकारले केन्द्रको र प्रदेशको सबै अधिका दिएर स्थानीय सरकार मार्फत जनताको गाउ-गाउ ,घर–घरमा सिंहदरबारका अधिआर स्थापित गरेको बताई रहेको भए ता पनी एता जनताको बुझाईमा स्थानीय सरकार दरबारको अधिकार त ल्याएन्न तर उनीहरू सिंह चाहि ल्याएका छन l जनताको सहजताको लागी जनप्रतिनिधि आएका छन तर होइन रहेको छ त्यस्तो त्यही सिंहको माध्यमबाट निमुख जनतालाइ डराउने,त्रसाउने दबाएर राख्ने गर्ने गरेको स्थानीयहरू बताउछन l
कोरोनाबाट आफ्ना नागरिकलाइ जोगाउन हाम्रा देश र अन्य देशमा फरक रहेको नागरिको बुझाई l
कोरोना को कहर मात्रा नेपालमा नभई बिश्व समुदायमा नै बिस्तर भएको छ l तर अरु देश्मा कोरोनाबाट छूटकारा दिलाउन त्यहाका जनताको समस्यालाइ मेन मुद्दामा राखी काम भैरहेको छन भने एता नेपालमा जनताको पीड़ामा मल्हपट्टी गर्नुको सट्टा राजनितिकको सानग्लोसहित भ्रष्ट निति लिएर यहाँ जनताको जनप्रतिनिद्धि लिएर कोरोनाको लड़ाईमा होमिएका यहाका कती बुद्धिजीबी बताउछन l
कोरोना-कोरोना सुन्दा-सुन्दै कोरोनाको डर अब बढ़ी लागेको छैन तर कोरोना भन्दा पहिला हामीलाई खाना नपाएर भोकले मर्ने हो की डरले सताउन थालेको दैनिकी ज्यालादारी गरी जिबिकोपार्जन गर्नेहरूको दुखेसो रहेको छ l ठेलागडा चलाई दैनिकी छाक टार्नेलाइ धौ-धौ भएको देखिएको छ भने अर्को तीर किसानहरू समेत बढ़ी मार्कामाँ परेका छन l
घाम,पानी,असिना,पसीनाको प्रवाह नै नगरी नागदे बालिको रुपमा उबजाएका तरकारीबाली खेतमा नै नष्ट हूँन पुगे l धान,गहू बेची मल पानी दिएर फलाएका तरकारी न त बाजारमा बेच्न पायो न त सरकारले कृषको लागी उचित राहतको ब्यवस्था गर्यो lअहिले अवस्थामा गएर ती कृषकलाइ सोध्नु जसले यो अवस्थाबाट गुज्रिएका छन , प्रश्नको उत्तर फर्काउनु भन्दा अघि नै उनिहरुको आँखा रसाउछ ,उनीहरू उत्तर एउटै हुन्छ अब हाम्रो बालबच्चा के खान्छन अणि आँखाबाट छार्लंग असू बगेको देखन सक्नु हुनेछ l
कहिले सम्म यस्ता निमुखा जनताको कुरालाई दबोचेर राख्ने सरकार उनिहरुको प्रश्न रहेको छ l मुलुकमाँ ठुलो ठुलो परिवर्तन भयो तर फेरिएन मुलुकमा भएका गरीब अति बिपिन्न निमुखा पीड़ित असहायहरुको जिवनिको पानाहरू l अहिले कोरना भन्दा भूकको कहर बढेको छ सरकार जोगाउ यस्ता नागरिकलाइ जसलाई कोही सहारा बन्या छैन l अहिलेको अवस्थामा राजनितको खेती र आफ्ना भोटर सपोटरको खेलमा लाग्नु भन्दा बेस एउटा मानवको भवनाले जनताको जीवको रक्षा गर्नु तपाई सबैलाइ सुभकामना छ l होइन भने जनता स्मरण रहोस जनताको नै नोट र भोटबाट सरका चल्दछ l
अन्तिम मिति बी.स २०७७ श्रावण २८ बुधबार