ने.वि संघ पर्साका सभापति तिवारीलाइ प्रहरीले रिहा नगरे काडा भन्दा काडा आन्दोलन गर्ने कांग्रेस नेता सिंहको चेताउनी

५ years अगाडी teraibulletin

ने.वि संघ पर्साका सभापति तिवारीलाइ प्रहरीले रिहा नगरे काडा भन्दा काडा आन्दोलन गर्ने कांग्रेस नेता सिंहको चेताउनी

पर्सा २८ श्रावन –नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेवि संघ पर्साका जिल्ला सभापति विकास तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फेसबुकमा स्टेटस लेखेका कारण पर्सा प्रहरीले तिवारीलाई वीरगञ्ज रानीघाटस्थित उहाको घरबाट नियन्त्रणमा लिएको तरुण दलका पूर्ब केन्द्रीय सदस्य एवम नेपाली कांग्रेश पर्सा जिल्ला सद्स्य तथा युवा नेता नबीन सिंहले बताउनु भयो ।

यसभन्दा पहिलापनि सोमबार जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पूग्नु भएको सभापति तिवारीसहित ३ जनालाई प्रहरीले दिन भरी नियन्त्रणमा लिएर अबेर राती ११ बजे छोडेको थियो । तिवारीलाई विभिन्न वहानामा चौथो पटक प्रहरीले पक्राउ गरेको नेवि संघका नेताहरुले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले अनुसन्धानको  लागि तिवारीलाई नियन्त्रणमा लिएको जनाए । उनले साइबार क्राइममा अनुन्धानको लागि नियन्त्रणमा लिएको वताउनु भयो । तर कस्को किसिमको साइबर क्राइम भने खुलाउनु भएको छैन । एता कांग्रेश नेता सिंहले प्रहरीले तुरुन्तै रिहा नगरे काडा भन्दा काडा आन्दोलन गर्ने चेताउनी दिनु भयो l प्रहरीले पीड़ित नागरिको आवाज उठाउदा पक्राउ बताउदै उहाले घटनाको घोर निन्दा गर्नु भयोl

अन्तिम अपडेट मिति बी.स.२०७७ साल श्रावण २८ बुधबार

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?