पर्सा ३ भादौ –पर्सामा आज ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ नारायणी अस्पतालको प्रगोगशालामा गैराती (मंगलबार) गरिएको पीसीआर परिक्षणमा उनीहरूमाँ कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालइ जनाएको छ l नारायणी अस्प्तालका चिकित्सक डा.उदय नारायण सिंहका अनुसार संक्रमित मध्ये ३५ जना महिला रहेका छन l आज बिहान सम्म थपिएका कोरोना संक्रमित मध्ये ९० जना पर्साको बहुदरमाई नगरपालिकाको मात्र रहेको जनईएको छ l
गत श्रावण ३१ गते बैरिया बिर्ता र भौराटारमा गरिएको स्वाब संकलन मध्ये बहुदरमाई नगरपालिका वडा न:-५ भौराटारका मात्र ६४ जना रहेको जिल्ला बिपत ब्यवस्थापन समिति पर्साले जानाएको छ l यसै गरी सोही नगरपालिकाको वडा नं.२ बैरियाबिर्तामा २०जना ,नगरदाहामा ४ जना र गम्हारियामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ l
यसै गरी उता पर्सा कै जिराभवानी गाउँपालिकामा ४ र छिपहरमाईमा एक जना संक्रमित थपिएका छन् भने बारास्थित चन्दन गणका चार जनामा संक्रमण पुष्टि भएको छ । वीरगन्ज महानगरपालिकाको नगवा, घडीअर्वा, छपकैया, ताजपुर, बहुअरी, गण्डक, चन्डाल चौक, भिस्वा, रेसमकोठी, मुर्लीमा पनि संक्रमित थपिएका जिल्ला बिपत ब्यावस्थापन समिति पर्साले जनाएको छ ।
अन्तिम मिति बी.स २०७७ साल भादौ ३ बुधबार