पर्सा ३ भादौ –पर्साको बहुदरमाई नगरपालिकामा कोरोना संक्रमण बढ्दै जादा आज उक्त नगरपालिकाकी उपमेयर गायत्री देवि यादव र पूर्व गा.बि.स ( गाउ बिकास समीति ) अध्यक्ष एवम उपमेयर यादवको श्रीमान राजदेव यादवले संयुक्त रुपमा नै नगरको बिभिन्न ठाउमा बनाईएको क्वारेन्टाईनको व्यवस्था र नगरका नागरिकको अवस्था बारे बुझ्न अनुगमन गर्नु भएको छ l बहुदरमाई नगरपालिकको मेयर नितेन्द्र साह,वडा अध्यक्ष सहित नगरका नागरिकमा समेत कोरोना संक्रमण पुष्ट भएपछि आफुहरूलाई नगरबासिको स्वास्थ्य अवस्थाले चिन्तित बनाएकोले आवश्यक सुरक्षा सतर्कता अपनाएर अनुगमन गेर्न निस्केको उपमेर गायत्री देवी यादवले बताउनु भयो l
जनताको मतबाट आफु निर्वाची भएपछि जनताको प्रत्येक दुःखको घडीमा साथ दिने जनमानसको अगाडी गरिएको बाचालाई नै आत्मसाथ गरी महामरीको परवाह नै न गरी हाम्रा नगरमा रहेका हाम्रा नगरबासिको रास्तिबस्ती सम्म पूगी अनुगाम तथा निरिक्षण गरिएको पूर्व गा.बी.स अध्यक्ष राजदेव यादवको भनाई रहेको छ l अनुगमनको बेला नगरमा बनाईएको क्वारेन्टाईनको अवस्थाको बारेमा बुझिएको र अझ कोरोना संग लडनको लागी के कस्तो तयारी अपनाउनु पर्ने भने बारेमा प्रत्यक्ष नियालिएको बताउदै उपमेयर गायत्री देवी यादवले अब यसै अनुरूप अगाडी बढ़ने बताउनु भयो l
महामरिको समयमा जनताले जुधी रहेको समस्याबाट आफुहरू औगत रहेको बताउदै पूर्व गा.बी.स अध्यक्ष राजदेव यादवले सके सम्म जनताको घाउमा मलहम पट्टी लगाउने कुनै कसर बाकी नराख्ने र यो घडीमा कसैलाई काखापखा नगरी सबैलाई आत्मसाथ गरी लैजाने बताउनु भयो l यो महामारीबाट यो मत्र नगरपालिका होइन सींगो नेपाल अधिराज्य सहित पूरा बिश्व नै आतंकी भएको बेला सबैले आ-आफ्ना ठाउबाट कोरोना संक्रमणबाट लडन आवश्यक सतर्कता अपनाउन नगरबासी संग आग्रह गर्नु भयो l
अनुगमन पश्चात संचारकर्मी संग संक्षिप्त टेलीफोनमा कुरा गर्दै उपमेयर गायत्री देवि यादवले यो महामारीबाट बाच्न जहा हुनुहुन्छ त्यही आफु सुरक्षित वस्न र सकभर सामाजिक दूरी कायम गर्न सम्पूर्ण आफ्ना कर्णप्रिय नागरिक संग आग्रह गर्नु भयो l एता पूर्व गा.बि.स अध्यक्ष राजदेव प्रसाद यादवले सबैलाई मास्क लगाउन,सावून पानिले मिची-मिची कम्तिमा २० सेकेण्ड सम्म धुन र सेनिटाईजरको प्रयोग गर्न आग्रह गर्नु भएको छ l
अन्तिम अपडेट मिति २०७७ साल भादौ -३ गते –बुधबार