महामारीमा समेत सरकार मधेश संग बिभेद गरिरहेको मधेशी जनअधिकार फोरमको आरोप

५ years अगाडी teraibulletin

महामारीमा समेत सरकार मधेश संग बिभेद गरिरहेको मधेशी जनअधिकार फोरमको आरोप

पर्सा l मुलुकमा दिनप्रति दिन कोरोनाको जोखिम बढ्दै जादा समेत सरकार अहिले टुलूटुलू बसी रमितो हेरिरेको मधेशी जनअधिकार फोरम मधेशले आरोप लगाएको छ l जनता कोरोनाको कहरमा भोकको त्रासमा बाची रहेको तर सरकार अहिले पनी भाषणमाँ नै ब्यस्त भएको मधेशी जनअधिकार फोरम मधेशको केन्द्रीय कोषाध्यक्ष मोहन यादवले बताउनु भयो l

नेता यादवले मुलुकमा भुकमरी हुने अवस्था श्रुजना भएको र सरकार भने आफ्नै पारामा मस्त रहेको टिप्पणी गर्नु भयो l ओली सरकार निरंकुश सरकार भएको बताउदै नेता यदवले सधै झै महामारिमा समेत मधेशी जनता संग सरकार बिभेद गरिरहेको औल्याउनु भयो l मुलुकमा सबै भन्दा बढी प्रदेश दुईको बारा,पर्सा लाथालिंग भएको अवस्थामा समेत एकअर्का लाइ मात्र टिकाटिप्णी गरी आफ्नो जिम्मेवारीबाट पंछिन खोजेको बताउनु भयो l

महामारीको बहना बाजी गर्दै अहिले मुलुकमा महंगी बढेको छ ,किसानलाई मलको अभाव भएको छ ,निमुखा जनताहरू उपचार पाएका छैन्न लगायतका अहिले धेरै समस्याबाट निमुखा जनताहरू जुधी रहेको नेता यादवले बताउनु भयो l

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?