बारा । पछिल्लो समय बारामा आत्म हत्याका घटनामा बृद्धि भएको पाइएको छ । गत चैत्र ११ देखि अहिलेसम्म जिल्ला प्रहरी कार्यालय बारामा दर्ता भएको बिवरण अनुसार जिल्लामा ५४ जनाले आत्महत्या गरेका छन् ।
आत्म हत्या गर्नेमा बालबालिका देखि वृद्धासम्म रहेका छन् । विष सेवन गरेर ३ र झुन्डिएर ५१ जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराको बिवरणमा उल्लेख छ ।झुन्डिएर आत्म हत्या गर्नेमा १० बालक १६ बालिका, १२ पुरुष र १३ महिला रहेका छन् । त्यस्तै दुई जना महिला र एक जना बालकले विष सेवन गरेर आत्म हत्या गरेका छन् ।आत्म हत्याको एउटै कारण सबै व्यक्तिमा लागु हुन्छ भन्ने नुहने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।