महोत्तरी १८ भादौ -कोरोना बाट ग्रसित एक बृद्धाले आत्महत्या गरेका छन l महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर स्थित–३ गौरीडाँडाकी एक वृद्ध महिलाले आत्महत्या गरेकी हुन्। ती महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन् ।
उनको कोरोना पोजिटिभको रिपोर्ट भने साँझ मात्र आएको थियो । भदौ १५ गते स्वाब संकलन गरी परीक्षणको लागि पठाइएकोमा बुधबार साँझ कोरोना पोजिटिभ रिपोर्ट आएको बर्दीवास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले जानकारी दिनु भयो ।उनले आत्महत्या गर्नुको कारण हालसम्म खुल्न सकेको छैन ।