नेकपाको बैठक दिउसोको लागी सर्यो

५ years अगाडी teraibulletin

नेकपाको बैठक दिउसोको लागी सर्यो

काठमाण्डू १९ भादौ -नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवाल बैठक दिउसो ३ बजे बस्ने भएको छ l बिहान ११ बस्ने पूर्वनिर्धारित बैठकलाई आजै दिउँसो सारिएको हो । बैठक अघि बैठकको केही तयारी गर्नुपर्ने भएर बैठक दिउँसोका लागि सारिएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पूर्वनिर्धारित बैठक तालिकामा सामान्य फेरबदल गरेर दिउँसो ३ बजेका लागि सारिएको हो । यसअघि गत शनिबार भदौ १३ गतेका लागि सचिवालय बैठक निर्धारण गरिएको थियो । सचिवालयका नेताहरूको सहयोगीलाई कोरोना सङ्क्रमण देखिएपछि नेताहरू होम आइसोलेसनमा बस्नुपरेपछि १८ गतेका लागि बैठक सारिएको थियो ।

आजको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि केन्द्रित भएर छलफल हुने बताइएको छ ।सोअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच’ बुधबार साँझ बालुवाटारमा बैठकको तयारी बारेमा छलफल भएको थियो ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?