वुटवल १८ भादौ -कोरोना संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ l उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीको सैनामैना ११ सालझण्डीकी ७७ वर्षीया महिलाको आज बिहान ज्यान गएको हो । यस्तै बुटवलको सामुदायिक मुटु अस्पतालमा उपचाररत प्यूठानको स्वर्गद्धारी नगरपालिका ७ का ५८ वर्षीय पुरुषको पनि गएराति ज्यान गएको छ ।
१० गते भर्ना भएका पुरुषमा १६ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । यस्तै चितवनमा थप एकजना कोरोना सङ्क्रमितको ज्यान गएको छ । चितवन मेडिकल कलेजमा उपचारत भरतपुर महानगरपालिका ११ की ४० वर्षीया महिलाको गएराति एकबजेतिर ज्यान गएको हो । योसँगै चितवनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ पूग्यो l