नेपालमा पहिलो पटक ८८ बर्षीय बृद्ध कोरोनामुक्त

५ years अगाडी teraibulletin

नेपालमा पहिलो पटक ८८ बर्षीय बृद्ध कोरोनामुक्त

नेपालगञ्ज  १८ भादौ -नेपालमै पहिलो पटक ८८ वर्षका एक वृद्धले बाँकेमा कोरोनालाई जितेर निको भई घर फर्किनुभएको छ ।स्वास्थ्य कार्यालय बाँकेले जिल्लाको जानकी गाउँपालिका वडा न–३ करमोहनाका ८८ वर्षीय वृद्ध बिन्दाप्रसाद कुर्मी ९अनुमति लिएर नाम दिइएको हो० बिहीबार कोरोना जितेर स्वस्थ्य भई घर फर्किनुभएको जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोराना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले ८८ वर्षका व्यक्तिले कोरोना जितेर निको भई घर फर्किएको नेपालमै पहिलोपटक बाँकेमा भएको बताउनुभयो ।भदौ ४ गते सङ्क्रमण पुष्टि भएपछि उहाँलाई खजुरास्थित क्षेत्रीय कृषि तालिम केन्द्र आइसोलेसनमा राखिएको थियो ।जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएपछि कुर्मी लौराको सहारामा गाडीमा चढेर आइसोलेसनमा जानुभएको थियो । तर बिहीबार निको भएर डिस्चार्ज भएको बेला उहाँ पहिलेभन्दा निकै स्वस्थ देखिनुभयो भने उहाँको हातमा लौरो पनि थिएन ।

नेपालमै सबैभन्दा बढी उमेरको निको हुने सङ्क्रमित बन्नुभएका वृद्ध कुर्मीले जडीबुटीको प्रयोगले कोरोनासँगको लडाइँमा आफूलाई सफलता मिलेको जनाउँदै आत्मबल र जडीबुटीको प्रयोगले कोरोना पराजित भएको प्रतिक्रिया दिनुभयो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?