नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ l प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रीय सभामा पठाउने निर्णय भएको नेकपाले जनाएको छ l पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलिले पार्टीको निर्णयलाइ राष्ट्रपति समक्ष सिफारिस गरेपछि नेता गौतमलाई राष्ट्रीय सभामा लैजाने बताउनु भयो l
कार्यदलको प्रतिवेदनमा बैठकमा छलफल भई ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको छ । त्यस्तै स्थायी कमिटीको बैठक निषेधाज्ञाको सहजतासँगै वस्ने समेत निर्णय गरेको छ ।सरकारलाई प्रभावकारी बनाउन अघि बढ्ने साथै महाधिवेशनमा जाने गरी अघि बढ्ने समेत निर्णय गरेको छ ।
त्यस्तै सरकारको काम कारवाहीलाई प्रधावकारी बनाउन पार्टीको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण, वाढी पहिरो पिडितको समस्या समाधान गर्ने, उद्धार, राहतका कार्यमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।