कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

५ years अगाडी teraibulletin

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

बुटुवल  १९ भादौ -कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ  l रुपन्देहीमा ३ जना कोरोना संक्रमिको मृत्यु भएको छ भने एता प्रदेश दुईको धनुषामा मृत्युपश्चात एक जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ l

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुने २ जना सिद्धार्थनगरका र १ जना बुटवलका हुन्।उनीहरुमध्ये २ जनाको अस्पतालमा उपचार भइरहेको थियो भने एकजनाको घरमै मृत्यु भएको हो। सिद्धार्थनगर – ८ का मिर्गौलाका बिरामी डायालिसिस गराउन अस्पताल जाने तयारी गरेका ४५ वर्षीय पुरुषको घरमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनु भयो।

यस्तै बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत ६४ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। शुक्रबार बिहान नै बुटवलको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचाररत् ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताउनु भयो l

यसै विच भारतको आन्ध्र प्रदेशका ६५ वर्षीय पुरुषमा केही दिन अघि ज्वरो र झाडापखाला लागेको थियो। भदौ १८ गते बिहान शव फेला परेको उनको प्रादेशिक प्रयोगशाला जनकपुरधामम्ँ स्वाब परीक्षण गरिएको थियो। उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। उनी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फोर्मुलेसन प्रालिमा कार्यरत एक मजदुर थिए।

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?