काठमाडौं १९ भादौ –अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आज साँझ राजीनामा दिने घोषणा गर्नुभएको छ । बालुवाटारमा जारी मन्त्रिपरिषद बैठकमा सरकारका प्रवक्तासमेत रहेको मन्त्री खतिवडाले यस्तो जानकारी गराउनु भयो ।
राष्ट्रियसभामा सरकारले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई ल्याउने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनको लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने भएको छ ।