पर्सा १९ भादौ – प्रहरीले दिएको शारीरिक यातना खेप्न नसकी मृत्युको मुखमा पूगेका रौतहटका दलित युवक बिजय रामलाई न्याय पाउनु पर्छ भनी मागर्दै उनको न्यायको लागी भईरहेको आन्दोलनमा सामाजिक अभियन्ता विजय यादवले समर्थन जनाउनु भएको छ l उहाले रक्षक नै भक्ष भएपछि न्यायको नाउमा अन्यायको खेती भईरहेको टिप्पणी गर्नु भयो l
राजनीति आडमा भईरहेको न्याय सम्पादन जब सम्म देशमा रहिरहन्छ तब सम्म दलित,मुस्लिम,जनजाति,गरीब,निमुखा जनताहरूलाई न्यायको पहुछबाट बन्चित गर्ने काम भईरहने सामाजिक अभियन्ता यादवले ठोकुवा गर्नु भयो l प्रहरीकै निगरानीमा सहनै नसकने गरी यातना दिएर अनुसन्धाको नाउमा हत्या गर्ने काम रोकनु पर्ने उहाको भनाई रहेको छ l
हुन त भए प्रदेश नम्बर दुई प्रहरी कार्यलय जनकपुरले घटनाको अनुसन्धान गरिरहेको छ र घटनामा संलगन भएको देखिएपछि गृहमन्त्रालयको निर्देशनमा प्रहरी निरिक्षक नबिन कुमार सिंह सहित तीन जना प्रहरीलाई निलम्बन गरेको छ ,तर यति सहजै कसैको ज्यान लिने र घटना दबाउन सामसूम गरी निलम्बन गरी बुझ पचाउनुले न्यालय प्रतिको जनताको विश्वास टूटने उहाको भनाई रहेको छ l
:-घटना यस्तो थियो
गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका–८ जिगडियाका १७ वर्षीय निरन्जन रामको घाँटी रेटी हत्या भएपछि प्रहरीले घटनामा संलग्न सात जनालाई पक्राउ गरेको थियो । सोही आरोपमा विजय रामलाई पनि पक्राउ गरिएको थियो । गरुडा प्रहरीका प्रहरी उपरिक्षक ज्ञान कुमार महतो र एक प्रहरी निरिक्ष सहित तिन जना पहरीले हिरासतमा रामलाई अत्यधिक यातना दिएको परिवारजनले बताउदै प्रहरीले नै मारेको आरोप लगाउदै आएका छन l
मृतक रामको शव परीक्षणमा संलग्न चिकित्सकहरुको प्रारम्भिक भनाई अनुसार मृतकको हात तथा पिठ्युँमा चोटको निशान देखिएको थियो l प्रहरीले उनलाई बिद्युतको सहाराबाट समेत यातना दिएको तथा लट्ठी प्राहार गरी निर्घात रुपमा घाइते बनाई अस्पताल उपचारको लागी पूर्यौदा दलित युवक बिजय राम आफै भनेका थिए की मलाई प्रहरीले बिद्युतको माध्यमबाट यातना दिदैआएको बताएका थिए तर कोही चासो नै लिएन्न नत्र भने उनी सायद मृत्युको संघारबाट बाचिन्थ्यो होला l
प्रहरीले बिना तथ्यको आधारमा शारीरिक यातना दिएर बलपूर्वक घटनाको घटकमध्येको एक प्रतिनिधि म पनी हु भनेर स्वीकार गराउन खोजेको देखिन्छ l रामको उपचारको क्रममा भादौ २ गते अस्पतालमा नै मृत्यु भएको थियो l
:-दलित युवक रामको न्यायको लागी बिरोद्धको कार्यक्रम जारी
प्रहरी हिरासतमा रहेका विजय रामको मृत्यु भएपछि रौतहटको गरुडामा विरोध प्रदर्शन जारी छ । स्थानीय, परिवारजन तथा दलित अगुवाहरुले निरजंन राम र बिजय राम हत्याकाण्ड जिल्ला संघर्ष समिति नै गठन गरेर आन्दोलन जारी राखेका हुन । मृतकलाई सहिद घोषणा, पीडितलाई क्षतिपूर्ति, उच्चस्तरीय छानबिन आयोग गठन र दोषि प्रहरीलाई निलम्बन गर्नुपर्ने संघर्ष समितिको माग छ ।
प्रहरीले हत्या भएको बिजय रामको मुद्दा दर्ता गर्न नमानेको भन्दै संघर्ष समितिले भदौ १७ गते देखी २२ गते सम्मका आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ ।उनको प्रहरी यातनाका कारण मृत्यु भएको भन्दै त्यसपछि निरन्तर प्रदर्शन हुँदै आएको छ ।
:-रामको परिवारलाई मधेश सरकारको ५ लाख राहत दिने
प्रहरी हिरासतमै ज्यान गुमाएका रौतहटका विजय रामको परिवारलाई मधेश सरकारले ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । गत भादौ १४ गते प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवको नीजी सचिवालयद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा शोक सन्तप्त परिवारप्रति सँवेदना प्रकट गर्दै राहत स्वरुप तत्कालै ५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरिएको हो ।