पर्सामा लागूऔषध सहित दुई जना पक्राउ

५ years अगाडी teraibulletin

पर्सामा लागूऔषध सहित दुई जना पक्राउ

पर्सा १९ भादौ –पर्सा प्रहरीले लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ l जिल्ला प्रहरी कार्यलय पर्सा मातहतमा रहेका प्रहरी चौकी टिहुकीले लागूऔषध गाँजा सहित उनीहरुलाई पक्राउ गरेका जनाएको छ l प्रहरी निरिक्षक पवन झाको नेतृत्वमाँ खटेको प्रहरीको टोलीले जिल्लाको छिपहरमाई गाउपालिका वडा नम्बर २ टिहुकीबाट मोटरसाइकलमा लागूऔषध गाँजा लिएर सानो टिहुकी तरफ आउदै  गरेको अवस्थामा संकाको आधारमा चेकजाच गर्दा ५ किलो लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरिएको छ l

पक्राउ पर्नेहरुमा छिपहरमाई गाउँपालिका वार्ड नं २ टिहुकी गाउँ निवासी गोकुल महतो केवट,र सोही गाउँ निवासी सुजित महतो केवट रहेका छन। उनिहरुको साथबाट भारतिय नम्बरको बी.आर २२ .ए ००४१३ मोटरसाइकल बरामद भएको छ ।मोटरसाइकलमा लोड गरिएको गाँजा र तस्करहरुलाई ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको प्रहरी निरिक्षक झाले बताउनु भयो l

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?