पर्सा l पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट पकाहामैनपुर गाउँपालिका–२ का ७५ वर्षीय पुरुषको उपचारका क्रममा अस्थायी कोभिड अस्पताल गण्डकमा मृत्यु भएको हो। ती पुरुषको गएराति साढे ११ बजे मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिनु भयो ।
ती पुरुषलाई कोरोना पुष्टि भएपछि गत भदौ ५ गते अस्थायी कोभिड अस्पताल गन्डकमा भर्ना गरिएको थियो। योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।