सिरहा l सिरहामा अबैद्ध हतियार सहित तिन जना पक्राउ परेका छ l जिल्लाको मिर्चैया नगरपालिकाबाट एक थान अबैद्ध कटुवा पेस्तौलसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहिले जनाएको छ l
प्रहरी प्रवक्ता बिनोद घिमिरेका अनुसार पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ बस्ने १९ वर्षीय अजय शर्मा र मिर्चैया ५ बस्ने १९ वर्षकै ज्ञानु कुमार मण्डल रहेका छन् । पक्राउ परेकासँग सोधपुछ गर्दा मिर्चैया ५ का किराना व्यवसायी ३९ वर्षीय रमेश साहलाई पनि पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता घिमिरेले बताउनु भयो ।