जनकपूर २ भादौ –२कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ l प्रदेश दुईको प्रादेशिक अस्पताल जनकपुरमा सिरहाको मिर्चैया नगरपालिका–५ का ६२ वर्षीय पुरुषको मृत्यु भएको बताइएको छ । गएराती राति करिब ११ बजे उनको मृत्यु भएको अस्पतालले जनाएका छन्।मधुमेह र उच्च रगतचापका विरामी उनलाई चार पाँच दिनदेखि ज्वरो समेत आइरहेको थियो।
पहिलो घरमै चिकित्सकको परामर्शमा उपचार गर्दा निको नभएपछि शनिबार फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा पूग्नु भएको थियो ।कर्जन्हामा पिसिआर परीक्षणका लागि स्वाब लिएर प्रयोगशाला पठाउँदा रिपोर्ट कोरोना पोजेटिभ आएको थियो।