पर्सामा गाईको मासुसहित मोटरसाईकल प्रहरीको नियन्त्रणमा

५ years अगाडी teraibulletin

पर्सामा गाईको मासुसहित मोटरसाईकल प्रहरीको नियन्त्रणमा

पर्सा l प्रहरीले पर्साको सोमावर्ती क्षेत्रबाट गाईको मासु सहित मोटरसाईकल अआफ्नो नियन्त्रणमा लिएको छ l प्रहरीले जिल्लाको छिपहरमाई गाउपालिका वडा नम्बर ४ बर्वा गाउ नजिकैबाट १० किलको मासुसहित बीआर २२ ऍफ़ ४७२१ भारतीय नम्बर पलेटको  मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ l  बोडर आउट पोष्ट (बी.ओ.पि.)भिस्वाबाट सशस्त्र प्रहरी निरिक्षक संजिप बानियाको नेतृत्वमा खटेको प्रहरीको टोलीले उक्त बस्तु नियन्त्रणमाँ लिएको प्रहरीले जनाएको छ l

तस्करले प्रहरीको गस्ती टोलिलाई हेरेर भागेको सशस्त्र प्रहरी निरिक्ष बानियाले बताउनु भयो l बरामद मासुसहित नियन्त्रणमा लिएको मोटरसाईकललाइ इलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको जनाएको छ l एता बुझाईएको मासु सहती मोटरसाईकल माथी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यलय पोखरियाको प्रहरी निरीक्षक चन्द्रक कुमार सिंहले बताउनु भयो l

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?