बरा २२ भादौ –चोरी गरेको आरोपमा बारामा दुई जना पक्राउ परेका छन l जिल्लाको महागढीमाई गाउपालिका वडा नं. १ गढीमाई मन्दिरको छेउमा कास्मेटिक पसल संचालन गर्दै आउनु भएको राधेश्याम दासको पसलमा गत भादौ २० गते राती अबेर चोरी गरेको आरोपमा पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ l चोरीको सामान खोज्दै जादा सामानसहित महागढीमाई नगरपालिका वा नं १ बस्ने निलेश कलवार भन्ने भोला र त्यही ठाउमा बस्ने रूसतम अंसारीलाइ पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
उक्त समानहरू उनीहरू वडा नं.२ को कार्यालय अगाडी पुरानो कृषि संस्थान बरियारपुरमा बन्द अवस्थामा राखेको फेला परेको बताइएको छ।सोमबार बिहान प्रहरी चौकी बरियारपुर र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले उक्त समानहरू बरामद गरिको छ भने चोरहरूलाईं कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा राखेको प्रहरी चौकी बरियारपुरमा कार्यरत प्रहरी नायब निरीक्षक प्रमोद साहले बताउनु भएको छ ।