पर्सा २२ भादौ –अखिल नेपाल पिछडा वर्ग (ओविसी) पर्साको आज गाउँपालीका स्तरको कमिटि गठन भएको छ। धोबिनि गाउँपालिकामा जिल्ला अध्यक्ष अकलेश साहको अध्यक्षतामा बसेको बैठकले १५ सदस्य गाउँपालिका कमिटि गठन गरेको हो । नव गठित कमिटिको अध्यक्षमा औनित राज रौनियार, उपाध्यक्ष रुतेन्द्र कुमार पटेल, सचिव देव आशिश पाल, कोषाध्यक्ष वृजकिशोर साह रौनियार, सह–सचिव पवन कुमार पटेल, सल्लाहकारमा अकलेश ठाकुर लोहार, सदस्यहरुमा सतेन्द्र कुशवाहा, राजकुमार गुप्ता, दिना राउत लगायतको रहनु भएको छ ।
बसेको बैठकले रक्तदान कार्यक्रमको आयोजना, कोरोना नियन्त्रण बारे जनचेतना र गाउँपालिकामा हुने बिकाश निर्माणको अनुगमन गर्ने जस्तो निर्णय भएको जिल्ला अध्यक्ष साहले बताउनुभयो । बैठकमा ओविसीका पर्साका राजन कुमार साह, नवलकिशोर साह, संदिप साह लगायतको ओविसीका अन्य सदस्यहरु पनी उपस्थिती रहेको थियो ।