पर्सा २३ भादौ –कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ l सोमबार राती अबेर १० बजे उपचारको क्रममा बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० गन्ज्भवानीपुरका ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो । नारायणी कोभिड १९ अस्थायी कोरोना बिशेष अस्पताल बीरगंज हेल्थ केयर अस्पतालमा उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले बताउनु भयो l
मधुमेह र मुटुको समस्या रहेका उनमा भदौ १४ गते संक्रमण पुष्टि भएपछि त्यहि दिन वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो। योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ। साउन यतामा मात्रै ५६ जनाको मृत्यु भएको हो ।
वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ६० मध्ये २ बेवारिसे पुरुष सहित पर्साका ४२ जना, बाराका १३ जना, रौतहटका ४ जना र सर्लाहीका १ जना रहेको नारायणी अस्पतालका प्रवक्ता डा.चौरसियाले बताउनु भएको छ ।