बारामा अबैध घरेलू हतियार बरामद

५ years अगाडी teraibulletin

बारामा अबैध घरेलू हतियार बरामद

पर्सा २५ भादौ –बाराबाट प्रहरीले अबैद्ध हतियार दुई थान प्रहरीले बरामद गरेको छ l  सशस्त्र प्रहरी नायव निरिक्षक नारायण प्रसाद अधिकारीको कमाण्डमा खटेको सशस्त्र प्रहरीको टोलीले जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १० मा पर्ने फास्टट्रायकको जंगलबाट दुई अपरिषित ब्याक्तिमाथी संकाको आधारमा चेक जाच गर्दा उक्त हरियार बरामद भएको सशस्त्र प्रहरी उपरिक्षक रोविनराज कर्णजितले बताउनु भयो ।

५५ इन्च र अर्को ४५.५ इन्च लम्बाई भएको बन्दुक बोकर आउदै गरेको मानिस प्रहरीको गस्ती टोलिलाई हेरेर बन्दुक फालेर भागेको उहाले बताउनु भयो l बरामद गरिएको घरेलु भरुवा बन्दुक नियन्त्रण्मा लिई आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यलय बाराममा बुझाएको उहाले बताउनु भयो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?