पर्सा २७ भादौ –नेपालमा आज ( शनिबार ) कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा पर्साका एक ७८ बर्षीय महिला, काठमाडौंका ७६ वर्षिया महिला, ५१ र ५४ वर्षिय दुई पुरुष ,रुपन्देहीका ६० र ४० दुई वर्षिय पुरुष, ७।भक्तपुरका ३८ र ७२ वर्षिय दुई जना पुरुष, तनहुँका ७६ वर्षिया महिला ,सुनसरीका ४३ वर्षिय पुरुष ,चितवनका ६१ वर्षिय पुरुष , स्याङ्जाका ८५ वर्षिय पुरुष , गोरखाका ४५ वर्षिय पुरुष , कास्कीका ५१ वर्षिय पुरुष रहेका छन l
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या कुल ३ सय ३६ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको नियमित मीडिया ब्रीफिंगको क्रममा बताउनु भयो l संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६३ प्रतिशत हो । आज सम्म मृत्यु हुनेहरुमा दुई सय ४४ पुरुष र ९२ महिला रहेको प्रवक्ता डा.गौतमले बताउनु भयो ।