पर्सा ३० भादौ -बीरगंजको नारायणी अस्पतालमा गएराती गरिएको पीसीआर परिक्षणको क्रममा बारा र रौतहटका २६ जनमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले बताउनु भयो l प्रवक्ता डा.चौरसियाको अनुसार २९० जनाको स्वाव सांकल गरी परिक्षण गर्दा बाराका ३ र रौतहटका २३ जनामा संक्रमण फेला परेको हो l संक्रमितहरुको सिटी भ्यालु १५ देखी ३२ सम्म रहेको प्रवक्ता डा। चौरसियाले जानकारी दिनुभएको छ ।
संक्रमित हुनेमा बाराको प्रसौनी गाउँपालिका वडा नं.२, जितपुर सिमरा उपमहानगरपालिकाको वडा नं.४ र १२ का एक-एक जना रहेका छन् ।यस्तै रौतहटको गरुडास्थिर रहेको राष्ट्रिय वाणिज्यि बैंक, सिभिल बैंकका ४-४ जना, सशस्त्र प्रहरी बेस क्याम्प हजमिनियाका २ जना, इलका प्रहरी कार्यालय गरुडा, चन्द्रपुर नगरपालिकाका एक-एक र गरुडा नगरपालिकाको विभिन्न वडाको ९ जनामा संक्रमण फेला परेको प्रवक्ता डा.चौरसियाले बताउनु भयो ।