बारामा चट्याङ् पर्दा एक जनाको मृत्यु

५ years अगाडी teraibulletin

बारामा चट्याङ् पर्दा एक जनाको मृत्यु

बारा ३० भादौ –बारामा चट्याङ् लागेर एजना पुरुषको ज्यान गएको छ l मंगलबार बिहान परेको पानी संगै खासेको चट्याङ् लागेर जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा न. १४ बस्ने अन्दाजी ३५/४० बर्षीय धर्म प्रसाद राय चौधरीको ज्यान गएको अस्थाई प्रहरी पोष्ट डुमरवानाले जनाएको छ ।दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा अचानक चट्याङ् लाग्दा चौधरीको मृत्यु भएको हो।

चट्याङ् लागेर गम्भिर घाइते भएका चौधरीको स्थानीय डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । त्यसैगरी टायर गाडामा बालुवा लोड गरीरहेका अन्दाजी २७ वर्षिय तेतर माझि सामान्य घाइते भएका छन् । घाइते माझीको सोही क्लिनीकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक गौतम मिश्राले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?