बारामा दुई किलो लागुऔषध चरेशसहित एक जना पक्राउ

५ years अगाडी teraibulletin

बारामा दुई किलो लागुऔषध चरेशसहित एक जना पक्राउ

बारा ३० भादौ – प्रहरीले लागूऔषध चरेशसहित एकनालाई पक्राउ गरेको छ l पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका वडा नम्बर ६ पकडी टोल बस्ने ६० बर्षीय सहमजान मिया रहेको जिल्ला प्रहरी कार्यलय बारले जनाएको छ l प्रहरिका अनुसार पक्राउ परेका मियाको साथबाट प्रहरीले प्रतिबन्धित लागूऔषध चरेश दुई किलो बरामद गरेको बाराका सशस्त्र प्रहरी उअपरिक्षक रबिनराज कर्णजीतले बताउनु भयोl

भारतिय सिमानासँग टाँसिएको वडा नम्वर ४ ईनर्वास्थित पिलर नम्वर ३६६÷६ स्थित दशगाजा क्षेत्रमा अन्सारीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरिक्षक कर्णजितले बताउदै विशष सुराकीको आधारमा अन्सारीमाथि शंका लागेपछि चेकजाँच गर्ने क्रममा खानतलासी गर्दा मिया सँग रहेको लागूऔषध चरेशको एक–एक किलोको दुईवटा पोका बरामद गरिएको जानकारी दिनुभयो । पक्राउ परेका अन्सारीलाई आवश्यक कारवाहीका लागि पठाउने तयारी भइरहेको उहाले बताउनु भयो ।

बारा जिल्लामा पछिल्लो समय एता अपराधिक क्रियाकलाप अत्याधि बढ्दै गएको छ l एका तीर बाराका प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनिले आफु जिल्लामा आएदेखिनै शान्ति सुरक्षाको अनुभूति जनताले गरिरहेको र आपराध जन्य घटनामा कमी आएको दाबी गर्नु हुन्छ l तर उक्त दाबिलाई चुनौतीपूर्ण रुपमा संकेत गर्दै बारामा तस्करहरू सक्रियता देखाएका छन l यस्तो अवस्थामा बारा प्रहरीले अबको रणनिति कस्तो बनाई यस्ता क्रियाकलाप नियन्त्रण गर्ला भने सर्बसाधारणको चासोको बिषय बनेको छ l

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?