कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु मृतकको संख्या ३७१ पूग्यो

५ years अगाडी teraibulletin

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु मृतकको संख्या ३७१ पूग्यो

पर्सा ३० भादौ –कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ l स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजित नियमित मीडिया ब्रीफिंगको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनु भयो l योसंगै मृत्यु हुनेको संख्या ३७१ पुगेको छ l

यसै गरी गएको २४ घण्टामा १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l  यो संगै संक्रमित हुनेको संख्या ५६ हजार ७ सय ८८ पुगेको प्रवक्ता डा.गौतामले बताउनु भयो l मन्त्रालयका अनुसार गएको २४ घण्टामा १० हजार तीन सय ७५ जनाको पीसीआर परीक्षण गरिएको हो l

यसै गरी गएको २४ घण्टामा १ हजार ४ सय ६२ जना कोरोना मुक्त भएर घर फर्केको मन्त्रालयले जनाएको छ l  यो संगै सक्रमण मुक्त हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ l अब नेपालमा १५ हजार सात सय ७९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार दुई सय ५० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?