बारा ३१ भादौ –बारामा जुवा खेली रहेको अवस्थामा ४ जनासहीत होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ l इलाका प्रहरी कार्यलय निजगढबाट प्रहरी निरीक्षक बिकास थपलियाको नेतृत्वमा खटेको प्रहरीको टोलीले निजगढ नगरपालिका वडा नम्बर ७ का ४७ वर्षिय टोकल भनिने जीतसिंह लामा, सोही नगरपालिका वडा नम्बर ४ का ४० वर्षिय हरि ढुंगाना, सोहि वडाका ४६ वर्षिय होम बहादुर खड्का, पर्सा ठोरी गाउँपालिका वडा नम्बर ३ घर भई हाल निजगढ नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका ४७ वर्षिय शिव अधिकारी र सोही वडाका होटल सञ्चालक रमेश पौडेललाई गएराती पक्राउ गरिएको हो ।
उनीहरु पेशेवर जुवाडे रहेको प्रहरीले बताएको छ । उनीहरुका साथबाट ५३ हजार नगद रकमसहित ३ बुक तास समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक थपलियाले जानकारी दिनुभयो। पक्राउ परेका मध्ये जीतसिंह लामा राष्ट्रिय खेलकुद परिषद बाराका तेक्वान्दो प्रशिक्षक तथा अन्तराष्ट्रिय रेफ्री समेत रहेका छन् ।