बारा ३१ भादौ –बारामा पेट्रोलियम पदार्थमा मिसावट गर्ने दुई जना चालकलाइ बारा प्रहरीले पक्राउ गरेको छ l निगमको करारनामामा रहेको मध्ये ना.७ ख ३९२३ र ना ७ ख ४०९३ नम्बरको ट्याङकरका चालकलाइ पक्राउ गरिएको छ l पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ बस्ने २६ बर्षीय राजेश बिश्कार्मा र मकवानपूर जिल्लाको हेटौडा नगरपालिका वडा ११ बस्ने नवलपुरका २९ बर्षीय सन्तोष खडका रहेको प्रहरीले जनाएको छ l
उनीहरूले दुई नम्बर प्रादेशिक कार्यलय अम्लेखागंजमाँ खाली नियमावाली अनुरूप गुणस्तर चेकजाच गर्दा मिसावट रहेको प्रमाणित हुदा निगमको गुणस्तर बिभागले पक्राउ गरी काओ बाजार तथा अन्य सामाजिक अपराध एन २०३२ अन्तर्गत थप अनुसन्धान गर्नको लागी जिल्ला प्रसाशन कार्यलय बाराबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय बाराले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ l