पर्सामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्यामा पुन बृद्धि

५ years अगाडी teraibulletin

पर्सामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्यामा पुन बृद्धि

पर्सा २ असोज –पर्सामा निषेधाज्ञालाई खुकुलो पारिए संगै जिल्लामा पुन कोरोना संक्रमितको संख्यामा बृद्धि हूँन थालेको पाइएको छ l पछिल्लो केही दिन घट्दै गएको संक्रमितको संख्यामा फेरी दुई दिन देखि बृद्धि हूँन थालेको छ l पर्साको बीरगंज स्थित रहेको नारायणी अस्पतालमा गरिएको पीसीआर प्रबिधिबाट परिक्षणको क्रममा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ l

नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार हिजो बिहीबार गरिएको परिक्षणको क्रममा पर्साका १४ बाराका ६ र रौतहटका ४ जना गरी कुल २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो l बुधबार पनि पर्सामा १७ जना कोरोना संक्रमण फेला परेको थियो ।

पर्सा, बारा र रौतहटको विभिन्न स्थानबाट आएको २ सय ८८ जनाको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा ६ महिलासहित २४ जनामा कोरोना पोजिटिभ देखिएको नारायणी अस्पतालका प्रवक्ता डा. चौरसियाले जानकारी दिनु भयो । थपिएका संक्रमितहरुको सिटि भ्यालु १५ देखि ३४ सम्म रहेको उनले जानकारी गराउनु भएको छ ।

पर्सामा थपिएका संक्रमितहरु वीरगञ्ज महानगरपालिकाका ३ जना, सखुवा प्रसौनी गाउँपालिकाका एक जना, कलिकामाई गाउँपालिका र पर्सागढी नगरपालिकाका ५-५ जना रहेका छन् । कालिकामाईमा भेटिएका सबै संक्रमित वडा नं.१ का रहेको प्रवक्ता डा.चौरसियाले बताउनु भयो ।त्यसतै बाराको जितपूरसिमरा उपमहानगरपालिकामा एक जना, कोल्भी नगरपालिकामा तिन जना र महागढीमाई नगरपालिकामा दुई जनामा संक्रमण पुष्टि भएको छ ।

रौतहटको गढीमाई नगरपालिकामा दुई जना, मादवनारायण नगरपालिकाका एक जना र इलाका प्रहरी कार्यालय गरुडाका एक जनामा पनि संक्रमण देखिएको डा चौरसियाले बताउनुभयो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?