कोरोना कारण सुस्ताएका संसदीय समितिहरु फेरी सक्रिय

५ years अगाडी teraibulletin

कोरोना कारण सुस्ताएका संसदीय समितिहरु फेरी सक्रिय

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण केही समय सुस्ताएका संघीय संसद अन्तर्गतका समितिहरु फेरी सक्रिय भएका छन् । कोरोना महामारी शुरु भएको केही समयपछि सक्रिय भएका संसदीय समितिहरु काठमाडौमा निषेधाज्ञा लागुभएपछि सुस्ताएका थिए ।

अहिले काठमाडौमा खुकुलो व्यवस्था गरिएसँगै एकैदिनमा तीन ओटा संसदीय समितिहरुको बैठक बोलाइएको छ । उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र कृषि,सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक दिउसो १२ बजेपछि बस्ने तय भएको छ ।

त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि संघीय संसद सचिवालयमा दिउसो १ बजेपछि बस्ने सचिलायले जानकारी दिएको छ। सचिवालयले अन्य समितिहरुको बैठकहरु पनि बस्ने तयारी भइरहेको र संसदीय समितिहरु सक्रिय हुन थालेको जनाएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?