चितवन २ असोज – कोरोना संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु भएको छ l जिल्लाको भरतपुर अस्पताल र चितवन मेडिकल अस्पतालमा उपचारको क्रममा सर्लाहिको हरिपुर गाउपालिका बस्ने ५५ बर्षीय पुरुषको आज बिहान १० बजे भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ l
गत भादौ १८ कोरोना संक्रमणसहित खोकिको र स्वश्प्रश्वासको समस्या भए पछि अस्पताल भर्ना भएका केही समयमा उनको म्रिगौलाको डायलासिस गर्दै आएको थियो l स्वास्थ्य अवस्था जटिल भए पछि आईसीयूमाँ राखेर उपचार गर्दा गर्दै मृत्यु भएको जनाईएको छ l
यसै गरी चितवन मेडिकल कॉलेजमा उपचार गराईरहेका पूर्वी नवलपरासीको देवचुली नगरपालिका ११ का ३१ बर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको छ l उन्मा गत भादौ २६ गते कोरोना पुष्टि भएको थियो उनको मृत्यु गएराती मध्यरात १२ बजे भएको अस्प्तालका निर्देशक दयाराम लम्सालले बताउनु भयो l