जनकपुरधाम २ असोज – नेपाली रेल भारतबाट जनकपुरधाम आइपुगेको छ । नेपालको झण्डाको रंगमा रंगिएको रेल आज परीक्षणका लागि जनकपुरधाम आइपुगेको हो ।ठूलो संख्यामा जम्मा भएका स्थानीय बासिन्दाले रेलको स्वागत गरेका छन् । तीन चरणमा निर्माण भइरहेको रेलको काम अन्तर्गत पहिलो चरणमा जयनगर देखि कुर्थासम्मको काम सम्पन्न भएको छ ।जसको लागि नेपाल सरकारले १ अर्बको लागतमा चारवटा इन्जिनसहित दुई सेट ट्रेन आज आइरहेको छ। आज परीक्षणका लागि आइपुगेको रेल पुनः जयनगर फर्किने बताइएको छ ।
एता जनकपुरमा रेल आउन लागेको सुनेर स्थानीय बासी धेरै खुसी भएका थिए l रेल हेर्न उनीहरू रेलवे स्टेशन ठूलो संख्यामा पूगेका थिए l कोही तस्बीर तान्दै थिए भन्ने कोही वाह वाह गर्दै ठुलो स्वरमा रेल रेल चिचियाउदै थिए l त्यहाको रोचक दृश्य रहेको थियो l