पर्सा २ असोज –नेपालमा गएको २४ घण्टामा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ l स्वास्थ्य तथा जनसंख्या मान्त्राल्यद्वारा आयोजित नियमित मीडिया ब्रीफिंगको क्रममा मान्त्राल्यका प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका संक्रमित संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ l गएको २४ घण्टामा ११ हजार चार सय ५८ जनाको पीसीआर परिक्षण भएको छ l
गएको २४ घण्टामा आठ सय ७१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४३ हजार आठ सय २० पुगेको प्रवक्ता डा.गौतमले बताउनु भयो । अब नेपालमा १७ हजार तीन सय ८३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् ।
यस्तै सात हजार सात सय ३६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ९० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।