प्रदेश दुईको तिन जिल्लामा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

५ years अगाडी teraibulletin

प्रदेश दुईको तिन जिल्लामा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

पर्सा ३ असोज –बीरगंजको नारायणी अस्पतालमा गगरिएको पीसीआर परिक्षणको क्रममा प्रदेश दुईको तिन जिल्लामा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्प्तालका प्रवक्ता डा.अतुलेश चौरसियाले तबाउनु भयो l पर्सा , बारा, र सर्लाहीका १९२ जनाका स्वाव परिक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. चौरसियाले बताउनु भयो l

उहाका अनुसार संक्रमण देखिनेमा चार महिने बालकदेखि ६८ वर्षका वृद्धसहित ४१ पुरुष र ११ जना महिलाहरु रहेका छन् । सबैभन्दा बढी बाराका ४५, पर्साका ६ र सर्लाहीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्साको वीरगञ्ज महानगरपालिकाका ३ र बाल सुधार गृहका ३ जनामा संक्रमण देखिएको छ ।बाराको कलैया उप महानगरपालिकाका दुई, बारागढी गाउँपालिकाका विभिन्न स्थानका १५ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै अस्थायी प्रहरी चौकी बारागढीका एक, इलाका प्रहरी कार्यालय बारागढीका ८ जनामा संक्रमण देखिएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?