२४ घण्टा नबित्दै कोरोना संक्रमणबाट थप ६ जनको ज्यान गयो

५ years अगाडी teraibulletin

२४ घण्टा नबित्दै कोरोना संक्रमणबाट थप ६ जनको ज्यान गयो

 

पर्सा ३ असोज – २४ घण्टा नबित्दै नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको ज्यान गएको छ l गत असोज १ गते राती धनुषाको बटेश्वर गाउपालिका वडा नम्बर ५ का ७० बर्षीय एक पुरुष र असोज २ गते जिल्लाको सबैला नगरपालिका वडा नम्बर ३ का ६८ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ l

बटेश्वरका पूरुषमा आन्द्राको समस्याका साथै मधुमेह र श्वाँस प्रश्वासमा समस्यादेखिएपछि गत भदौ २३ गते प्रादेशिक अस्पताल जनकपुरको आईसीयुमा भर्ना गरिएको थियो । उनको गएराती अबेर १० बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यलय धनुषाले जनाएको छ lत्यस्तै अर्को मृतक सबैलाका पुरुषमाँ समेत दम र मधुमेहका दिर्घरोगी थिए तथा श्वासप्रश्वाँसमा समस्या देखिएपछि गएको भदौ २७ गते ऊनलाई प्रादेशिक अस्पताल भर्ना गिएको थियो। कोरोना जस्तै मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरी परिक्षण गर्दा असोज १ गते कोरोना पोजेटिभ देखिएको थियो । त्यसलतगै उनलाई आईसीयुमा राखि उपचार भैरहेकोमा शुक्रवार दिउँसो करिब ३ बजेतिर उनको मृत्यु भएको हो l

यसैविच ललितपुरको पाटन र मेघा अस्पतालमा उपचार गराइरहेका ४ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । ललितपुरकी ६८ र ७६ वर्षीया दुई महिला र सर्लाहीका ६० वर्षीय एक पुरुषको पाटन अस्पतालमा हिजो बेलुकी तथा भक्तपुरकी ९० वर्षीया महिलाको मेघा अस्पतालमा आज बिहान ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय ९४ पुगेको छ । अहिलेसम्म ८ लाख ९४ हजारको पीसीआर परीक्षण हुँदा ६१ हजार ५ सय ९३ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ४३ हजार ८ सय २० जना निको भएका छन् भने १७ हजार ३ सय ८३ जना आइसोलेशनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?