काठमाण्डू ३ असोज –कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको l रौतहटमा एक , धनुषामा दुई जना बुटवलका एक जना, र ललितपुरमा चार जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो l रौतहटको चन्द्रनिगाहपूर वडा नम्बर ५ की ६० बर्षीय कोरोना संक्रमित महिलाको चितवनको मेडिकल कॉलेजमा उपचारमाको क्रममा मृत्यु भएको हो l यसै गरी धनुषाको बटेश्वर गाउपालिका र सबैला नगरपालिकामा एक-एक जना पुरुषको कोरोना बाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ l
यसै गरी बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुटवल उपमहानगरपालिका–१० का ६९ वर्षीय पुरुषको आज दिउसो १ बजे मृत्यु भएको कोरोना विशेष अस्थायी अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनु भयो l
यसैगरी उता ललितपूरम कोरोना पुष्टि भएपछि पाटन र मेघा अस्पतालमा उपचार गराइरहेका ४ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । ललितपुरकी ६८ र ७६ वर्षीया दुई महिला र सर्लाहीका ६० वर्षीय एक पुरुषको पाटन अस्पतालमा हिजो बेलुकी तथा भक्तपुरकी ९० वर्षीया महिलाको मेघा अस्पतालमा आज बिहान ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।